हेटौँडा , वैशाख २० ।
हेटौंडा अस्पतालमा गएराती एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोभिड एचडियु कक्षमा उपचाररत हेटौंडा–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेलेका अनुसार ती संक्रमितको बेलुकी ९ बजेर १७ मिनेटमा मृत्यु भएको हो ।
यसैबीच हेटौंडा अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द हुने भएको छ । अस्पतालमा कोरोना संक्रमितको चाप बढेसँगै ओपिडी सेवा बन्द गरेर कोरोना उपचारमा केन्द्रित हुन लागेको अस्पतालले जनाएको छ । कोरोनाको लागि हाल २० बेड छुट्याइएकोमा त्यसले अपुग भएपछि ओपिडि सेवा बन्द गरेर बेड संख्या ५० पुर्याउने तयारी गरिएको जनाइएको छ ।