हेटौँँडा , वैशाख १९ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिन प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छिन्।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबारका दिन अपराह्न १ बजे बैठक बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विश्वास लिन खोजेकाले सोही प्रयोजनका लागि अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा ९१० बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्‍वास छ भन्‍ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबार अपरान्ह १स्०० बजे अधिवेशन बोलाइएको हो।