हेटोंडा, १९ वैशाख ।
मकवानपुरमा आज मात्रै २०७ जनामा कोरोना संक्रमण देखिएको छ । आज साँझ आएको रिपोर्टमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो र आज गरिको परिक्षणमा थप ३६ जनामा संक्रमण देखिएको हो । आज साँझसम्मको रिपोर्ट अनुसार जिल्लामा जम्मा २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।
यसअघि वैशाख १६, १७ र १८ गतेको परिक्षणमा जिल्लामा १०० वर्षका पुरुषसहित १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज दिउँसो २ बजे सार्वजनिक भएको विवरणअनुसार २ सय ६८ जनाको स्वाब नमूना परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो ।