हेटौँडा , वैशाख १९ ।

नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ७ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १६ हजार १ सय ४७ जनाको पीसीआर गर्दा ७ हजार १ सय ३७ जना र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हाल देशभर ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित रहेका छन्।

हाल ६७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।