हेटौँडा , वैशाख १९ ।
निषेधाज्ञा अवधिभर उच्च अदालत पाटन इजलासले सर्वसाधारणलाई आंशिक सेवा प्रदान गर्ने भएको छ । मकवानपुरको हेटौँडास्थीत उच्च अदालत पाटन इजलासले निषेधाज्ञा अवधीभर अत्वाश्यक लगायतका सेवाहरु दिने आज विज्ञप्ती मार्फत जनाइएको छ । अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई ,कोभीड १९ सँग सम्बन्धित रिट निवेदन दर्ता र सुनुवाई ,अदालतबाट सुरु कारवाहि किनारा हुने मुद्दामा पक्राउ पुर्जी जारीको अनुमती ,जरुरी पक्राउ पुर्जीको समर्थन ,म्याद थप , अभियोगपत्र दर्ता ,बयान र थुनछेक आदेश लगायतका मुद्दामा मात्र सर्वसाधारणलाई सेवा दिने विज्ञप्तीमा भनीएको छ । सरकारद्धारा जारी सुरक्षाको मापदण्ड पालना गरी उक्त सेवाहरु प्रदान गरीने बताइएको छ ।
