हेटौंडा, १८ वैशाख ।

मकवानपुरका चार वटा स्थानीय तहमा भोलीबाट निषेधाज्ञा हुने भएको छ । मकवानपुरको हेटौंडा, मनहरी, भीमफेदी र थाहा नगरपालिकाका मुख्य बजार क्षेत्रमा निषेधाज्ञा लगाउन लागिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो ।

भोली १९ गते बेलुका राती १२ बजेदेखि लागू हुनेगरी यस्तो निर्णय भएको बताइएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा जोखिम न्युनिकरणका लागि जिल्ला सुरक्षा समिति मकवानपुरले निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा लगाउन जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेसँगै जिल्लाका चार वटा स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।
बिशेषगरी राजमार्ग क्षेत्रमा लक्षित गरेर निषेधाज्ञा गर्न लागिएको छ । त्यसैगरी राजमार्गको ५ सय मिटर वरपर निषेधाज्ञा लगाइएको उहाँले वताउयनुभयो ।