हेटौँडा , वैशाख १८ ।

मकवानपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या ५२४ जना पुगेको छ । हेटौँडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले दिएको जानकारी अनुसार शुक्रबार मात्रै १ सय ७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । विहिबारसम्म ३४७ जना कोरोनाका सक्रिय संक्रमित थिए । शुक्रबार पुष्टि हुनेको संख्या भारी मात्रामा थपिएपछि सक्रिय संक्रमितको संख्या ५ सय नाघेको हो । बालबालिका बृद्धबृद्धाको तुलनामा युवा पुस्तालाई बढी संक्रमण देखिएको डा. काफ्लेले जानकारी दिए । कोरोनाका दोस्रो लहर सुरु भएसँगै मकवानपुरमा कूल ६०२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये ७८ जना कोरोना मुक्त भएका छन् भने हाल सक्रिय संक्रमित ५२४ रहेका छन् ।