हेटौंडा, १७ वैशाख ।
खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उहाँको पीसीआर परीक्षणका क्रममा शुक्रवार आज बिहान सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उहाँको बिहीवार स्वाब सङ्कलन गरिएको थियो । उहाँकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो ।
मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पीसीआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएको छैन ।
सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापा अहिले ललितपुरमा रहेको मन्त्री निवास पुल्चोकमा आराम गरिरहनुभएको उहाँका स्वकीय सचिव गौतमले जानकारी दिनुभयो ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो ।