हेटौंडा, १७ वैशाख ।
बागमती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोना नियन्त्रणका लागि तीनै तहका सरकारको समन्वयमा काम गरिने वताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो वताउनुभएको हो ।
मन्त्री बस्नेतले कोरोना रोकथाम तथा न्युनिकरणका लागि सामाजिक विकास मन्त्रालयको एक्लो प्रयासले मात्रै सम्भव नहुने जिकिर गर्नुभयो । उहाँले अहिलेको विषम् परिस्थितिमा सबै मिलेर काम गर्न जरुरी रहेको वताउनुभयो ।
उहाँले शहरका विद्यार्थीहरुमा अनलाइनको पहँुच भएपनि ग्रामिण भेगका विद्यालय र विद्यार्थीहरुमा त्यो सुविधा नरहेको उल्लेख गर्नुभयो ।