हेटौंडा, १७ वैशाख । तपाईं कति झुट बोल्नु हुन्छ ? यो तपाईंको आचरण र आनिबानीको मात्र दोष होइन । तपाईंको राशिको पनि दोष हुन्छ । हो, ६ राशिका मानिस अति झुट बोल्छन् भन्ने अध्ययनहरुले देखाएका छन् । तपाईंको राशि परेको छ कि छैन, अनि तपाईंमा यहाँ भनेजस्तो मिल्यो मिलेन, रुजु गर्नुहोस् । सबैमा यो लागु नहुन पनि सक्छ ।
वृषः वृष राशिका मानिसहरु आफ्नो कुरामा अरुलाई विश्वास दिलाउन झुटको सहारा लिन्छन् । उनीहरु यति विश्वस्त भएर झुट बोल्छन् कि सुन्ने मानिसलाई सत्य लाग्छ । उनीहरुको कुरामा कुनै शंकासमेत हुँदैन । जसका कारण वृष राशि भएका मानिस आफ्नो लक्ष्यमा सफल हुन्छन् । यस्ता व्यक्ति आफ्नो उद्देश्य पूरा गर्न झुटको सहारा लिन्छन् र सफल पनि हुन्छन् ।
मिथुनः मिथुन राशिका मानिसहरु निकै चकचके हुन्छन्। उनीहरु अरुका छेउमा आफूलाई सही सावित गर्न झुटको साहारा लिन्छन् । यिनीहरुमा शब्दैपिच्छे झुठ बोल्ने बानी हुन्छ । उनीहरुको स्वभावका कारण धेरै मानिसले मिथुन राशिका मानिसलाई मन पराउँदैनन् । मिथुन राशि भएका मानिस मुडी पनि हुन्छन्।
सिह: सिंह राशि भएका मानिस अन्य मासिनको आकर्षणको केन्द्र बन्न चाहन्छन् । त्यही कारण उनीहरु झुट बोल्छन् । उनीहरु यति चाँडो झुट बोल्छन् कि सुन्ने मानिसलाई सत्य नै लाग्छ । यिनीहरु निकै होशियारीपूर्वक झुट बोल्छन् । सिंह राशि भएका मानिस अरुमाथि हैकम जमाउनलाई बढाइँचढाइँ गरेर झुट बोल्छन् । उनीहरुलाई यसरी झुट बोल्दा आफ्नो इज्जत बढेको भान हुन्छ। सिंह राशिमा मानिसलाई आफ्नो भनाइमा अरुलाई सहमत गराउने इच्छा हुन्छ, त्यही भएर यिनीहरु आफ्नो कुरा दृढतापूर्वक राख्न सक्छन् ।
तुला: तुला राशि भएका मानिस पनि झुट बोल्न माहिर हुन्छन् । किनभने उनीहरु कुटनीतिक स्वभावका हुन्छन् । यिनीहरु आफू अप्ठेरो परिस्थितिमा फसे भने जुन हदसम्म पनि झुट बोल्न पछि पर्दैनन् ।
वृश्चिक: वृश्चिक राशिका मानसहरुलाई झुट बोल्नु बच्चाको खेलजस्तै हो । यिनीहरु यति होशियारीपूर्वक झुट बोल्छन् कि उनीहरुको कुरामा शंका गर्ने ठाउँ नै हुँदैन । यिनीहरु आफ्नो फाइदाका लागि आफ्ना शत्रुलाई पनि गला मिलाउँछन् ।
कुम्भ: कुम्भ राशिका मानिस जिस्किने स्वभावका हुन्छन् । त्यही भएर यिनीहरु मजाक गर्दै झुट बोलिरहेका हुन्छन् । यिनीहरु यस्तो कहानी बनाएर कुरा गर्छन्, जसलाई अन्य मानिसहरुले सजिलै विश्वास गर्छन् । तर कुम्भ राशि भएका मानिसहरु धेरै स्वार्थी हुन्छन् । यिनीहरु आफ्नो फाइदाका लागि कसैको पनि भरोस तोड्न पछि पर्दैनन् ।
राशिफलले जे भने पनि तपाईंले आफ्नो इमानदारिता कायम गर्नुहोला । झुट बोलेर सधैँ जित्न सकिन्न ।