हेटौंडा, १५ वैशाख ।
मकवानपुरमा भोलिदेखि मालपोत र नापी कार्यालय बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भोलिदेखि मकवानपुरको मालमोत कार्यालय र नापी कार्यलय बन्द गर्ने निर्णय गरेको हो ।
मालपोत र नापी कार्यालयमा भिडभाड बढेको कारण संक्रमणको जोखिम बढेको भन्दै कार्यालयको आन्तरिक कार्य बाहेकका अन्य सबै प्रकारको सेवाहरु भोलि देखि अर्को निर्णय नभएसम्मको लागि बन्द हुने प्रशासनले जनाएको छ ।