हेटौंडा, १५ वैशाख ।
बागमती प्रदेशमा आजसम्म एक लाख ६८ हजार ६८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा अहिले १०७८ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको वाग्मती प्रदेश कार्यालयले जनाएको छ ।
प्रदेशमा एक लाख ५६ हजार २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यसैगरि नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा चार हजार आठ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नौ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा १३ हजार आठ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा चार हजार सात सय ७४ र नौ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आज सङ्क्रमण पुष्टि भएकामध्ये दुई हजार ४७ जना काठमाडाैं उपत्यकाका रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ६ सय ९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सात सय ७३ जना कोरोना सङ्क्रमित निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७९ हजार दुई सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १० जनासहित थप १७ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट तीन हजार दुई सय ११ जनाले ज्यान गुमाएका छन् ।