हेटौंडा, १५ वैशाख ।
मकवानपुरमा आज थप ६० जना कोरोना संक्रमित भेटिएका छन् । आज १ सय ३९ जनाको स्वाब संकलन गर्दा ६० जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।
कोरोना संक्रमित हुनेहरुमा महिना २१ जना र पुरुष ३९ जना रहेका छन् ।
आज संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का ७ जना रहेका छन् यसैगरि उपमहानगरपालिका वडा नम्वर २ का ४ जान, वडा नम्वर ३ का २ जना तथा वडा नम्वर ४ का ६ जना छन् ।
यस्तै उपमहानगरपालिका वडा नम्वर ५ का ७ जना छन् भने वडा नम्वर ७ र ८ का ३ ३ जना छन् । यसैगरि वडा नम्वर ९ का ९ जना छन् । वडा नम्वर १० का १ जना, वडा नम्वर ११ का ७ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक चौलागाईको भनाई छ ।
हेटौंडा उपमहानगरपालिका १५ का २ जना, वडा नम्वर १६, १७ र १८ का १ १ जना छन् भने ठेगाना नखुलेका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरि मकवानपुरगढि वडा नम्वर ८ का १ जना, भिमफेदी गाउँपालिका ८ र ९ का २ जना तथा जिल्ला बाहिरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।