हेटौंडा, १३ वैशाख ।
पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमितको संखया बढेको छ । मकवानपुरमा आज मात्रै ३४ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५७ जनाको स्वाब परीक्षणमा ३३ जनामा र एन्टीजेन परीक्षणमा १ जना सहित ३४ जनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा २ जना ७ वर्षीय बालबालिका रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जनाकारी दिनुभयो ।

उहाँका अनुसार पुष्टि हुनेमा ३३ जना हेटौंडा उपमहानगरपालिकाका र एक जना मकवानपुरगढी गाउँपालिकाका रहेका छन् ।

यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।


जसमा ६ जना हेटौंडा अस्पतालको कोभिड ट्रिटमेन्ट वार्ड, गौरिटार आईसोलेसन २ जना र बाँकी १ सय ६२ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् । मकवानपुरमा हालसम्म ४ हजार ९० जनामा कोरोना पुष्टि भएको छ । मकवानपुरमा हालसम्म कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ ।

यसैबिच हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि नगरपालिकाले ७ सदस्यीय स्वास्थ्यकर्मीहरुको टिम गठन गरेको छ ।

शङ्कास्पद सङ्क्रमितको खोजी, क्वारेन्टाइन तथा आइसोलेनको व्यवस्थापन कन्ट्«याक ट्रेसिङ लगायतका काममा सहजीकरणका लागि टिम गठन गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइँले बताउनुभयो ।