हेटौंडा, १३ वैशाख ।
आज हेटौंडा बजारक्षेत्रमा विना माक्स हिडने २३ जना कारवाहिमा परेका छन् ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क नलगाई हिँडेका २३ जनालाई १०० रुपैयाँको दरले जरिवाना गरेको छ ।

साथै हेटौडा बजार क्षेत्रमा जोर- बिजोर प्रणाली उल्लङ्घन गर्ने ५५ वटा मोटरसाइकल, अटो ७ वटा, ५ वटा म्याजिक र १ वटा मयुरीलाई १०० को दरले जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा चार पाङ्ग्रे सवारीमा भने जोर-विजोर प्रणाली लागु नभएको बताइएको छ ।