हेटौँडा, वैशाख १२ .

कोरोना संक्रमणको जोखिम बढेपछि मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित हुने भएको छ ।

आगामी बैशाख १८ गते हुने भनिएको मउवा संघले निर्वाचनको कार्यक्रम कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै स्थगित हुने भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सदस्य संस्था मउवा संघले प्रमुख जिल्ला अधिकारीसंगको छलफलपछि तत्कालका लागि निर्वाचनको कार्य्रक्रम स्थगित गर्ने भएको हो ।

कोरोना संक्रमण बढ्दै गएको समयमा निर्वाचनको कार्यक्रम गर्न लागेको भन्दै निर्वाचन रोक्न मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई चौतर्फि दवाव परेको थियो ।

यस विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मउवा संघसंग छलफल भएको र निर्वाचनको कार्यक्रम स्थगित हुने बताए ।

निर्वाचनको कार्यक्रम कहिले गर्ने भन्ने विषयमा मउवा संघको बोर्ड बैठकले निर्णय गर्ने मउवा संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।
मउवा संघको बोर्ड बैठक अहिले केहीबेरमा बस्ने अध्यक्ष कटुवालले बताए ।