हेटौँडा, वैशाख १२ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबार बाट लागु भएको जोर-विजोर प्रणाली फितलो देखिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको जोर-विजोर प्रणाली फितलो देखिएको हो । हेटौँडामा आवतजावत हुने सवारी साधनमा जोर विजोर प्रणाली लागु गरीएपनि भिडभाड तथा सवारीको चाप भने नियन्त्रणमा आउन सकेको छैन ।
यता स्थानीय तथा वुद्धिजिवीहरुले पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरको यो निर्णय उचीत नभएको टिप्पणी गरेका छन् । कोभिड नियन्त्रणका निम्ती समितीले चालेको उक्त कदमले अझ जोखिम बढाएको स्थानीयको भनाई छ ।
जन सरोकार केन्द्र मकवानपुरले एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरको उक्त निर्णय प्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ । जोर-विजोर प्रणाली अन्तर्गत सवारी साधनको आवतजावत हुँदा भिँडभाड झन् बढ्ने जनसरोकार केन्द्र मकवानपुरका संयोजक धुर्व प्रसाद चौलागाईंद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ । विज्ञप्तीमा लेखिएको छ ,’सवारी साधनको चाप नियन्त्रण गर्दा वायु प्रदुषण नियन्त्रण भएता पनि कोभिड संक्रमणको भने जोखिम झन् बढ्छ’ । संयोजक चौलागााईंले यस सम्बन्धमा अध्ययन अनुसन्धान गरेर मात्र निर्णय गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको छ ।