हेटौंडा, १० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारलाई मिलाएर लैजान्छन् भन्ने लाखौँ कार्यकर्ताको आसा र अपेक्षामा तुषारापात भएको छ । बितेका दुई दिन वरिष्ठ नेता माधवकुमार नेपालसँग वान टु वान वार्ता गरेका ओलीले तेस्रो दिन नै नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल समूहका नेताहरुबाहेकका नेता राखेर स्थायी कमिटी बनाउनु भएको छ ।
काठमाडौंडको बालुवाटारमा शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा नयाँ स्थायी कमिटी गठन गरिएको हो । कमिटीमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि हुनुहुन्न । गठित १९ सदस्यीय स्थायी कमिटीमा ओलीले माओवादीबाट आउनु भएका रामबहादुर थापा बादललाई भने महासचिव ईश्वर पोखरेलपछिको वरियता दिनु भएको छ ।
स्थायी कमिटी
१.केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा बादल
५. विष्णु पौडेल
६. सुवास नेम्वाङ
७. शंकर पोखरेल
८. प्रदीप ज्ञवाली
९. लेखराज भट्ट
१०. टोपबहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. विष्णु रिमाल
१३. छविलाल विश्वकर्मा
१४. पृथ्वीसुब्बा गुरुङ
१५. रघुवीर महासेठ
१६. किरण गुरुङ
१७. केशव बडाल
१८. पुष्पराज कडेंल
१९. मणि थापा