हेटौँडा , वैशाख ९ ।
नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार सांसदको रिट दर्ता भएको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गर्न सक्ने भन्दै उनीहरुले सोविरुद्ध सर्वोच्च अदालतमा हिजो पेस गरेको रिट निवेदन आज दर्ता भएको हो ।

रिटको पेसी आइतबारका लागी तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । रिटमा अध्यक्ष ओली, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइएको छ ।