हेटौँडा , वैशाख ९ ।

नेकपा स्थापना दिवसको अवसरमा मकवानपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १५० औं लेनिन जयन्ती तथा ७१ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा रक्तदान गरिएको हो । पार्टी केन्द्रिय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यता तथा पार्टी अध्यक्ष मुन सिग्देलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा केन्द्रिय सदस्य न्यौपाने , पार्टि अध्यक्ष सिग्देल , सचिवालय सदस्य श्रीधर पोखरेलसहित विद्यार्थी युवाहरुले रक्तदान गरेको आयोजक कमिटीले जनाएको छ । कार्यक्रममा कुल ४० जनाले रक्तदान गरेका छन् ।