हेटौँडा , वैशाख ९ ।
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टिमा गुटगत गतिविधी अस्विकार्य हुने बताउनुभएको छ ।
नेकपा एमालेले मदननगर बल्खुमा पार्टी कार्यालय भवनको शिलान्याश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसो भन्नुभएको हो ।
उहाँले अनुशासनहीता र अराजकतासँग सम्झौता गर्न नसकिने बताउँदै फरक बाटोमा लागेका नेताहरु सच्चिएर आए व्यक्तीगतरुपले जिम्मेवारी दिने तर गुटको आधारमा कुनैपनि सम्झौता नगर्ने प्रष्ट पार्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आज बिहान बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ भवनको शिलान्याश गर्नु भएको हो ।
भवन शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरुलगायतको उपस्थिति रहेको थियो ।