हेटौंडा, ८ वैशाख । थाहा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष किरणमान बलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा राम्रो काम भएको बताउनु भएको छ ।
शक्ति एफएम १०३.४ मेगाहर्जको कार्यक्रम ‘वडा सरकार’मा प्रस्तोता विकल्प चौलागाईंसँग कुराकानी गर्दै वडाध्यक्ष बलले भन्नु भयो, ‘उत्तरी मकवानपुरको पर्यटन क्षेत्रमा आफ्नो वडामा पनि उल्लेख्य काम भएको छ ।’
‘३ घण्टा पैदल हिँडेर पानी लिन जानु पर्थ्यो,’ वडाध्यक्ष बलले भन्नु भयो, ‘धेरैको यो समस्या हल भइसकेको छ, केही समस्या आफ्नो बाँकी कार्यकालमा पूरा हुनेछ ।’
वडाध्यक्ष बलसँगको कुराकानी सुन्नुहोस्ः