हेटौँडा , वैशाख ८ ।

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि बाँकेमा लकडाउन घोषणा गरिएको छ । आज मध्यरातिबाट लागुहुनेगरी नेपाल नेपालगञ्ज उपमहानगर क्षेत्रमा एक साताका लागि लकडाउन घोषणा गरिएको हो । 

मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समिति बैठकले एक सातासम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएको थियो । डिसीसीएमसीको सिफारिस अनुसार नै लकडाउन घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।