हेटौंडा, ८ वैशाख । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाउन आएका सर्वसाधारणको भिड । जिल्लामा कोरोना संक्रमण बढेसँगै सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको प्रशासन कार्यालयमै नियम पालना नभएको पाइएको छ । २५ जना भन्दा बढी व्यक्ति भिडभाड गर्न नहुने भनिए पनि परिचयपत्र बनाउन प्रशासन कार्यालय आएका ४९ जना एकै ठाउँमा जम्मा भएर पालो कुर्दै थिए । तिमध्ये धेरैले मास्कको प्रयोग समेत गरेका थिएनन् ।

तस्बिर, समाचारः प्रदेश दैनिक