हेटौँडा, २ जेठ । मकवानपुरको कैलाश गाउँपालिका अध्यक्षमामा नेपाली काँग्रेसका लोक बहादुर मोक्तान विजयी हुनुभएको छ । यस्तै उपाध्यक्षमा माओवादीका बालकुमार मल्ल विजयी हुनुभएको छ ।

गठबन्धनतर्फ काँग्रेसका उम्मेद्वार मोक्तानले ४ हजार ८९७ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार नरेन्द्र लाल रिजालले ४ हजार ९३ मत पाउनुभएको छ ।

यसैगरि, उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका बाल कुमार मल्ल ४ हजार ८८ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी सुकुमाया थिङले ३ हजार ९३७ मत पाउनुभएको छ ।