हेटौँडा, २ जेठ । हेटौँडा उपमहानगरपालिकामा गठबन्धनकी मिना लामाले अग्रता बनाउनुभएको छ ।

पछिल्लो अपडेट अनुसार १३ हजार २१५ मत गणना गर्दा मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार लामाले ४ हजार ४५ मत प्राप्त गर्दै अग्रता बनाउनुभएको हो ।

मेयर पदका अर्का उम्मेद्वार राप्रपाका दिपक सिंहले ३ हजार ९ सय ९ सय मत प्राप्त गर्दै लामालाई पछ्याइरहनुभएको छ । यस्तै एमालेका उम्मेदवार अनन्त पौडेलले ३ हजार ४ सय ७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुनुहुन्छ ।

हेटौँडामा अहिले वडा नम्बर २, ३, ४, १८ र १९ मा मत गणना भैरहेको छ ।