हेटौँडा २ जेठ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँले ५ हजार २ सय १४ मत पाउनु भएको छ ।

एमालेका उम्मेदवार केशव स्थापितले २ हजार ८ सय ३२  मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसकी सृजना सिँहले २ हजार ४ सय ७० मत प्राप्त गर्नु भएको छ भने उपमेयरमा भने एमालेकी सुनिता डंगोलको अग्रता छ । उहाँले ३ हजार ३ सय ८४ मत ल्याउनु भएको छ ।  एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय ९२ मत प्राप्त गर्नुभएको छ ।