हेटौँडा २ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी हुनुभएको छ। दोस्रो कार्यकालका लागि भीमफेदीमा अध्यक्षमा उहाँ विजयी हुनुभएको हो ।

पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार बद्रीबहादुर स्याङ्तानलाई पराजित गर्दै लामा विजयी हुनुभएको हो । लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गर्नुभयो भने स्याङ्तानले ५२०९ मत प्राप्त गर्नुभयो। लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसका  सञ्जीव श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्नुभयो । एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । रानाले ५ हजार २९९ मत प्राप्त गर्नुभएको छ ।