हेटौँडा १ जेठ । स्थानिय तह निर्वाचन अन्तर्गत मकवानपुरका सबै पालिकाहरुमामा मतगणना भैरहेको छ । हेटौँडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ ।

हेटौँडामा पछिल्लो मत परिणाम अनुसार राप्रपा अगाडी रहेको छ । अहिलेसम्म ९ हजार २९ मत गणना गर्दा मेयरमा राप्रपाका दिपक सिंहले २७ सय १० मत प्राप्त गर्नुभएको छ ।

यसैगरि गठबन्धनबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामाले २६ सय ६९ मत प्राप्त गर्नुभएको छ । यस्तै गर्दा एमालेका अनन्त पौडेलले २४ सय ३४ मत पाउनुभएको छ ।

यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका राजेश बानियाँले ३९ सय ८२ मत प्राप्त गर्दै अग्रता बनाउनुभएको छ । एमाले उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार १६ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने राप्रपाकी इन्दिरा न्यौपानेको ८०२ रहेको छ ।