हेटौँडा, १ जेठ । मकवानपुरको थाहा नगरपालिकाको चार वटा वडाहरुमा मतगणना सम्पन्न भएको छ । थाहा नगरपालिका वडा नम्बर १,२,३,४ मा माओबादी केन्द्रको तर्फबाट वडाअध्यक्ष सहितको प्यानल बिजयी भएको हो ।

नगरपालिकाको वडा नम्बर १ मा माओवादीका हेरमान गोपाली निर्वाचित हुनुभयो । उहाँले ८ सय ६३ मत प्राप्त गर्दा नेकपा एमालेका प्रदीप प्रधानले ७ सय ५२ मत पाउनुभएको थियो । यस्तै वडा सदस्यमा पनि सवैजना नेकपा माओवादी केन्द्रबाटै विजयी भएका छन् ।

यस्तै वडा नम्बर २ मा माओवादीका बम बहादुर सिन्तान विजयी हुुनभयो । उहाँले ७३५ मत पाउँदा प्रतिष्पर्धी एमालेका गुप्त बहादुर कार्कीले ७२० मत पाउनुभएको छ ।

थाहा नगरपालिका वडा नम्बर ३ मा माओवादी र नेपाली काँग्रेसबिच गठबन्धन भएको थियो । जसअन्तर्गत माओवादी केन्द्रका उम्मेद्वार हिरेन्‍द्र कुमार रायमाझी विजयी हुनुभयो । उहाँले ७५९ मत प्राप्त गर्दै विजयी बन्नुभयो । उहाँका प्रतिस्पधी नेकपा एमालेका उम्मेद्वार सुजन कुमार रायमाझी ५७० मत प्राप्त गर्नुभयो ।

वडा नम्बर ४ मा माओवादीका नारायण तामाङ ७५३ मत सहित विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी एमालेका रामराजा केसिले ५१२ मत प्राप्त गर्नुभएको छ ।