हेटौँडा, १ जेठ । हेटौँडा उपमहानगरपालिकामा त्रिपक्षिय प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म ८ हजार २२१ मत गणना गर्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामाले २ हजार चार ६८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राप्रपाका दिपक सिंहले २ हजार चार सय ४४ मत प्राप्त गर्दा एमालेका अनन्त पौडेलले २ हजार तीन सय ६० । समाजवादीकी लामालाई राप्रपाका सिंहले पछ्याइरहनु भएको छ भने एमालेका पौडेल तेस्रो नम्बरमा हुनुहुन्छ ।

यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका राजेश बानियाँले ३ हजार पाँच सय ९८ मत प्राप्त गर्दै अग्रता बनाउनुभएको छ । एमाले उम्मेदवार सुमित्रा काफ्ले २ हजार सात सय ९८ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने राप्रपाकी इन्दिरा न्यौपानेको ६७४ रहेको छ ।