नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष ध्रुव अधिकारीलाई पितृशोक परेको छ ।
अधिकारीका बुवा ६७ बर्षीय कृष्णप्रसाद अधिकारीकाे सोमबार साँझ हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अधिकारीका पिता मुटु सम्बन्धि रोगबाट ग्रसित थिए । उनको सोमबार राति हेटौंडा-१० स्थित गोरक्षेश्वर तथमा दाहसंस्कार गरिएको छ ।
नेपाली कांग्रेस निकट नेपाल किसान संघ मकवानपुरगढी गाउँपालिका सभापति र कांग्रेस साविक गढी-५ का पूर्व सभापति समेत रहेका अधिकारीको निधनमा नेपाली कांग्रेसले राप्तितटमा मौन धारण गरेको थियो । नेपाली कांग्रस मकवानपुरका पूर्व उपसभापति नारायण लम्साल, जिल्ला सदस्य गोपि अधिकारी र अर्जुनप्रसाद दाहालले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।