हेटौंडा, ६ वैशाख ।
मकवानपुरमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा ४५ जनाको स्वाब परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।
आज कोरोना पुष्टि हुनेमा हेटौंडा भित्रका १६ जना, बकैया गाँउपालिका र मनहरी गाँउपालिकाका एक एक जनामा संक्रमण भएको समाचार छ । यसैगरि अन्य जिल्ला स्थायि तर हेटौंडा बस्ने ३ जना गरी २१ जनामा संङक्रमण पुष्टि भएको जनस्वाथ कार्यालय मकवानपुरले जनाएको छ ।