हेटौँडा , वैशाख ६

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा १ हजार २ सय २७ जनामा पीसीआर र ५४ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ।

मन्त्रालयका अनुसार सोमबार २५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँग हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७५ हजार ५५५ पगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ। गत २४ घण्टामा देशभर ७ हजार १ पीसीआर र ५४७ एन्टिजेन परीक्षण भएको छ।

गत २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ९१ पुगेको छ।

गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४ जना संक्रमित थपिएका छन्। काठमाडौँमा ५०५, भक्तपुरमा ३२ र ललितपुरमा ९७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।