हेटाैंडा, ५ वैशाख ।

नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्याैपानेले बढ्ता उदारवादी हुँदा अध्यक्ष केपी ओलीले पार्टी विसर्जन गराउने अवस्थामा पुगेकाे बताउनु भएकाे छ । नेकपा एमाले मकवानपुर बैठकलाई सम्बाेधन गर्दै नेता न्याैपानेले भन्नुभयाे, ‘जसरी नीति विपरीतका नेता चुनिँदा केशरजंग रायमाझीले पार्टी सिध्याउनु भयाे, त्यसैगरी माधवकुमार नेपाल समूहकाे विचार पारित हुँदा अध्यक्षमा निर्वाचित केपी ओलीले पार्टी सिद्धान्तकाे नामै नलिई पार्टी सकाउनु भयाे, यही दुर्भाग्य भयाे ।’ नेता न्याैपानेकाे तर्क थियाे, ‘खुलमखुल्ला विधान नमान्ने, केन्द्रीय समितिकाे बैठक नबाेलाउने, प्रधानमन्त्री र सरकार पार्टीबाट स्वतन्त्र हुन्छ भन्ने केपी ओली कसरी कम्युनिष्ट हुन्छन् ?’ कुनै पनि कम्युनिष्ट नजरबाट केपी ओलीलाई कम्युनिष्ट मान्न नसकिने न्याैपानेकाे भनाइ छ ।

ओलीले समाजवादकाे ढाेका नै बन्द गर्नु भएकाे न्याैपानेकाे भनाइ छ । भन्नुभयाे, ‘दुई तिहाइकाे सरकार बनाउने संसद विघटन गर्ने, संविधानकाे सर्वाेच्चतालाई चुनाैती दिने कामले ओली न कम्युनिष्ट, न प्रजातन्त्रवादी न त राष्ट्रवादी मान्न सकिन्छ ।’ ओली एमसिसीकाे वकालतमा उत्रिएपछि उहाँकाे राष्ट्रवाद ‘भूतपूर्व’ भएकाे न्याैपानेकाे तर्क थियाे । एमसिसीकाे बाधक बनेकाे संसद विघटन गरेर ओलीले राष्ट्घात गर्नुभएकाे न्याैपानेले बताउनु भयाे । ओलीकाे सर्वदलीय बैठक पनि एमसिसी पास गराउन अपिल केन्द्रित रहेकाे न्याैपानेले बताउनु भयाे ।