हेटाैंडा, ५ वैशाख ।
नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले आफ्नाे प्यानलबाहेक अर्काे प्यानलबाट जितेर आएकाहरुले लेबीसमेत नतिरेकाे बताउनु भएकाे छ । मकवानपुर जिल्ला कमिटी बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष सिग्देलले समानान्तार कमिटी गठन गरेर आफ्नाविरुद्ध दुष्प्रचार भइरहेकाे र कुनै सत्यता नरहेकाे बताउँदै भन्नुभयाे, ‘रकम हिनामिनाकाे प्रचार गर्नेहरुले पार्टीमा लेबीसमेत तिरेका छैनन्, सबै हिसाबकिताब सुरक्षित छन्, बरु काे काे नेताकाे घरका बिलसमेत पार्टीबाट भुक्तानी भएका छन्, समय आएपछि भनाैँला ।’
अध्यक्ष सिग्देलले आफ्नै कार्यकर्ताले हठात् कार्यालय फाेडेर कब्जा गरेकाे र फेरि झडप गरेर आफ्नै कार्यकर्तासँग दूरी किन बढाउनु भनेर संयमता अपनाइएकाे बताउनु भयाे । भन्नुभयाे, ‘अराजकता मात्र उपाय हाेइन, कार्यालय फाेडेर राम्राे काम भएन ।’