हेटौंडा, ५ बैशाख ।
मूख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेशभर ३२ वटा प्रहरी इकाई भवन निर्माण सम्पन्न भैसकेको बताउनुभएको छ । उहाँले हेटौंडा–११ थानाभर्याङमा नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन र हेटौंडा–१५ रातोमाटेमा रहेको प्रहरी चौकी उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री पौडेलले अव २१ प्रहरी इकाई भवन निर्माण सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । उहाँले अवको २ वर्ष भित्रमा सकेसम्म सबै प्रहरी भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जिकिर गर्नुभयो ।
साधन र स्रोतको पर्याप्तता भएपछि मात्र प्रहरीलाई हामी शान्क्ति सुरक्षा कायम गर्नुस् भनेर भन्न सकिने बताउनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश प्रमुख सचिव मानबहादुर विके, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदनकुमार भुजेल, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, मध्ये पृतना हेडक्वाटर मकवानपुरका पृतनापति उपरथि अशोकराज सिग्देल, बागमती प्रदेश प्रहरी कार्यालयका डिआईजी बसन्तकुमार लामा लगायतको उपस्थिति रहेको थियो ।