हेटौंडा, बैशाख ३ ।
हेटौंडा १३ पदमपोखरीस्थित फेमकल एकेडेमी बोर्डिङ स्कुलमा शुक्रबार स्वास्थ्य शिविर आयोजना भएको छ । शिविरमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत ४ सय विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सागर काफ्लेसहितको टोलीले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेको हो ।


कोरोना महामारीले विद्यालयमा अध्ययनरत बालबालिकालाई प्रभावित भइरहेको बेलामा विद्यालयले विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यान राखी स्वास्थ्य शिविरको आयोजना गरेको विद्यालयका सञ्चालक तथा प्रिन्सिपल केशवप्रसाद मुडभरीले बताउनुभयो ।

शिविरमा चार सय जना बालबालिकाको जनरल फिजिसियन परीक्षण तथा ब्लडग्रुप छुट्याइएको उहाँले बताउनुभयो ।

यसैगरी ओएट, हाइट, बिपी र जुकाको औषधीसमेत बितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ शिविरमा डाक्टर काफ्लेसहित पदमपोखरी स्वास्थ्य चौकीका इन्चार्ज धानेश्व्र साह विद्यालयकी नर्स पवित्राराई लगायतको सहभागिता रहेको थियो ।