हेटौंडा, ३१ चैत ।
हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा–९ का २५ वर्षीय सोबित तामाङ रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले लागुऔषध डाईजेपाम १६ एम्पुल, फेनार्गन १६ एम्पुल, नुर्फिन १६ एम्पुल सहित तामाङ पक्राउ परेका जनाइएको छ ।

सोमबार हेटौँडा–९ स्थित सडकखण्डमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा लागूऔषध फेला परेपछि पक्राउ गरेको प्रहरीको भनाई छ । उनीमाथि आवश्यक अनुसन्धान भईरहेको बताइएको छ ।