हेटौंडा, ३१ चैत ।
हेटौंडाको प्रगति माविलाई ६० हजार बराबरको साउन्ड सिस्टम सहयोग प्राप्त भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगर स्थित उक्त विद्यालयलाई विद्यालयका पूर्व विद्यार्थीहरुले सो सहयोग गरेका हुन् ।

२०५४ सालमा प्रगति माविबाट एसएलसी उतीर्ण गरेका विद्यार्थीहरूले ६० हजारको साउन्ड सिस्टम सहयोग प्रदान गरेका हुन् । उनीहरुले ३ ओटा स्पिकर, २ थान वायरलेस माइक्रोफोन र एउटा एम्प्लीफायर सहयोग गरेका हुन् ।

२०५४ सालमा प्रगति माविबाट एसएलसी उतीर्ण गरेका विद्यार्थीमध्ये ४२ जना विद्यार्थीहरुले सो सामग्री विद्यालयलाई सहयोग गरेको भूपू विद्यार्थी २०५४ व्याचका उपाध्यक्ष प्रकाश चौलागाइँले जानकारी दिनुभयो ।

सो सामग्री आज एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक निरन्जनप्रसाद ढकाललाई हस्तान्तरण गरिएको बताइएको छ ।