३१ चैत ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकासहित ठूला सहरका विद्यालय कम्तीमा एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ ।
मङ्गलवार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कम्तीमा ३० दिन उपत्यकासहित ठूला सहरका विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन सिफारिस गरिएको स्वास्थ्यमन्त्री त्रिपाठीले बताउनुभयो ।
उहाँका अनुसार विद्यालय बन्द गर्ने विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको छ ।