हेटौँडा , चैत ३१
नेपाल बिजुली पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनले राप्तीको ट्याक्टर दुर्घटना परी मृत्यु हुने मजदुरहरु प्रति शोक व्यक्त गरेको छ । मंगलबार एक वक्तब्य जारी गर्दै नेपाल बिजुली पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन , मनहरी गाउँपालीका कमिटीले शोक व्यक्त गरेको हो । उक्त घटनामा घाइते भएका मजदुरहरुलाई पनि शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
युनियनले यस घटनाको विषयमा संघ , प्रदेश र स्थानीय तिनै तहका सरकारको ध्यानाकर्षण हुनुपर्ने माग गरेको छ । हरेक मजदुरको सामाजीक सुरक्षाको ग्यारेन्टि लगायतको विषयमा सरकारलाई गम्भीर हुन समेत वक्तव्यमा आग्रह गरीएको छ ।
यसैबिच चैत २९ गते आइतबार राप्ती नगरपालीका ११ न वडा कार्यालयको भवन ढलानको कार्य सम्पन्न पश्चात फर्किएका मकवानपुरका ६ जनाको ट्याक्टर पल्टिएर मृत्यु भएको थियो । घटनामा परी एक दर्जन भन्दा बढि मानिस घाइते भएका छन् । घाइतेको हाल पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।