मकवानपुर , चैत ३१
मनहरी गाउँपालीका वडा न ४ मा जेष्ठ नागरीकलाई घर घरमा पुगेर सामाजीक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरु गरीएको छ । अशक्त तथा हिँडडुल गर्न नसक्ने जेष्ठ नागरीकलाई निवासमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरिएको हो । वडा न ४ का वडाध्यक्ष धुर्ब खड्का को नेतृत्वमा कार्यालयका वडा सचिव विदुर पाठक सहितको टोलीले वडाबासी १५ जना अशक्त जेष्ठ नागरीकलाई भत्ता वितरण गरेको हो ।

‘बुढेस्कालमा हिँडडुल गर्न गाह्र्रो हुन्छ’, वडाअध्यक्ष खड्काले भने,’ त्यसैले घरैसम्म आँफै पुगेर भत्ता वितरण गरेका हाँै ‘। उनले थपे , ‘यसरी वितरण गर्दा वडाध्यक्षको कर्तव्य पनि पुरा हुने र बुढाबुढिको आशिष पनि पाइने भएकोले खुशी लागेको छ’ ।

यता वडासचिव पाठकले पनि यो अभियानले जेष्ठ नागरीकका निम्ती ठुलो टेवा पुग्ने बताउनुभयो । ‘पहिले पहिले त्यस्ता अशक्त जेष्ट नागरीकले भत्ता वापतको रकम बैंकमा गएर निकाल्न नसक्दा घरका कुनै सदस्यलाई अख्तियारी दिने कानुन थियो’, सचिव पाठकले भने , ‘तर त्यसरी दिएको भत्ता वास्तविक व्यक्ति सम्म नपुग्ने धेरै गुनासो सुुनियो ,त्यसैले यो अभियान सुरु गरेका हाँै’ । उहाँले सम्पुर्ण वडामा यस अभियानको आवश्यकता रहेको जिकिर गर्नुभयो ।

बैंकका प्रतिनिधीको रोहबरमा सम्पुर्ण विवरण अध्ययन गरी यो अभियान सुरु गरीएको सचिव पाठकले बताउनुभयो । हाल मनहरी गाउँपालीका वडा न ४ का सबै सामाजीक सुरक्षा भत्ता ‘सिटिजन’ बैंक,रजैया शाखा बाट वितरण भइरहेको छ ।