हेटौंडा, ३० चैत ।
हेटौंडामा करेन्ट लागेर दम्पतीको ज्यान गएको छ। मृत्यु हुनेमा उपमहानगरपालिका वडा नम्बर ९ शान्तिचोकका ३५ बर्षीय समिर पाख्रिन र उनकी श्रीमती ३० बर्षीय अन्सु पाख्रिन रहेको मकवानपुर प्रहरीले जनाएको छ।
दम्पतीले घरमा रहेको तारलाई फलामको डन्डिले उठाउन खोज्दा थ्री फेज लाइनमा फलामले छौएको कारण करेन्ट लागेको बताइएको छ ।

उपचारका लागि दुवैजनालाई हेटौंडा अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताउनुभयो।