हेटौँडा , चैत ३०
नेपालमा दैनिक ६ बलात्कार घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यायको पछिल्लो ४४ महिनाको तथ्याङ्क अनुसार दैनिक ६ बलात्कारका घटना हुने गरेका छन् । पछिल्ला तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सात हजार ५१० बलात्कारका मुद्दा प्रहरीमा दर्ता भएका छन् । जुन दैनिक औसतमा ५ दशमलव ६८ प्रतिशत हो । आर्थिक वर्ष ०७४र०७५ मा एक हजार ४८० बलात्कारका मुद्दा दर्ता भए । आर्थिक वर्ष ०७५र०७६ मा दुई हजार २३३ बलात्कारका मुद्दा दर्ता भए । ०७६र०७७ मा दुई हजार १४४ मुद्दा दर्ता हुँदा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६५३ बलात्कारका मुद्दा दर्ता भएका छन् ।
चालु आर्थिक वर्षको आठ महिनामा बलात्कारका एक हजार ६५३ मुद्दा दर्ता भएका छन् ।