२९ चैत ।


नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले निर्वाचन आयोग जस्तो संवैधानिक अंगले सो विषयमा फैसला नगर्नु ठुलो विडम्बना भएको बताउनुभयो ।उहाँले छलफल बाटै उचित निकास निकाल्नु पर्नेमा जोड दिनुभयो ।

एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध नेपाल समूह आयोग गएको थियो ।