हेटौंडा, २७ चैत । नेपाल भारत विश्वमैत्री संघले नेपाल पत्रकार महासंघका नयाँ नेतृत्वलाई स्वागत एवम् बधाई ज्ञापन गरेको छ ।
महासंघका प्रदेश महासचिव कृष्ण सारु, मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुव अधिकारीलगायतका पदाधिकारी र सदस्यलाई बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष प्रविन मैनाली, केन्द्रीय सदस्य राजाराम बोगटी, आजीवन सदस्य पवन प्रधान, सफल अधिकारी, गंगा आत्रेय पुरुष , मिडियाकर्मी रामकुमार एलन, अकोराब बागमती उपाध्यक्ष सपना ढकाल लगायतको उपस्थिति थियो ।