हेटौंडा, २६ चैत । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित हुनु भएको छ ।

बिहीबार बिहान आएको मत परिणाम अनुसार, प्रेस चौतारीबाट उम्मेदवार बालकृष्ण अधिकारीलाई पराजित गर्दै प्रेस युनियनका उम्मेदवार गौतम एक सय मत ल्याएर विजयी हुनुभएको हो । अधिकारीले ५६ मत पाउनु भएको छ ।

महासंघको उपाध्यक्षमा ध्रुवप्रसाद अधिकारी, महिला उपाध्यक्षमा सरला अधिकारी, खुला सचिवमा शुभलक्ष्मी विश्वकर्मा, सह–सचिव समावेशीमा मन्दिरा बानियाँ (मानबी), सह–सचिव खुलामा यमप्रसाद पौडेल (एमपी शर्मा) र कोषाध्यक्षमा केशव समर्पण सुवेदी निर्वाचित हुनु भएको छ ।

खुला सदस्यमा अर्जुन सञ्जेल, उज्ज्वल अधिकारी, प्रदीप अधिकारी, बलराम पुडासैनी, रेवतीप्रसाद तिमल्सिना (नविन), विजय पौडेल र श्रृजना नेपाल निर्वाचित हुनु भएको छ । यस्तै, सदस्यमा महिलातर्फ रुपा गुरुङ, दलिततर्फ शान्ति सुनार, सदस्य आदिबासी जनजातितर्फ नवराज वाइबा र मधेशीमा आदित्य कर्ण निर्वाचित हुनु भएको छ ।

प्रदेश परिषद्मा गणेशदर्पण अधिकारी, विश्वराम अधिकारी (विवश), रविन्द्र गौतम, शिव चौलागाई, सुजन ढकाल, सुनील शिवाकोटी, आरती ढकाल, भावना रिजाल, अमर लामा, कृष्णराम परियार र अशोक सुजन श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

केन्द्रीय परिषद् सदस्यमा भानुभक्त आचार्य र राजन (खुसराज) दाहाल, सुर्वणलाल श्रेष्ठ र नानीमैया विष्ट निर्वाचित हुनु भएको छ ।