मकवानपुरको वनजंगलमा लागेको डढेलो घरसम्म आईपुग्दा आगलागीबाट एक जनाको ज्यान गएको छ ।
गएराति ७ बजे भीमफेदी गाउँपालिका वडा नंबर ३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगलागी हुँदा ६९ वर्षीया हस्तमाया सिन्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । प्रवक्ता रिमालका अनुसार जंगलमा लागेको डढेलो घरको छानामा झर्दा घर र गोठमा आगलागी हुँदा सिन्तानको ज्यान गएको हो । आगलागीले गोठमा रहेका १० खसीबाख्रा र घरमा भएको अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय मकवानपरले जनाएको छ ।