हेटौंडा, २३ चैत ।
नेपाल पत्रकार महासंघको २५ चैतमा हुने निर्वाचनका लागि मकवानपुरमा बालकृष्ण अधिकारी र मणिराज गौतमबीच स्पर्धा हुने भएको छ । अधिकारी प्रेस चौतारी नेपालबाट र गौतम नेपाल प्रेस युनियन तथा प्रेस संगठनबाट उम्मेदवार बनेका हुन् ।
अधिकारीको समूहमा उपाध्यक्षमा राजन दाहाल, महिला उपाध्यक्षमा सम्झना रिजाल, सचिवमा रामशरण दुलाल, सहसचिवमा देवराज पन्त, समावेशी सचिवमा रुपक कालिराज, कोषाध्यक्षमा तिलक अधिकारी उम्मेदवार बनेका छन् । यस्तै, सदस्यहरुमा रेवति प्रसाद तिमल्सिना (नवीन), अशेष ढुंगाना, उज्ज्वल अधिकारी, सुमन दाहाल, सुसन लामिछाने, नानीमाया सापकोटा (गौतम), जनजाति सदस्यमा अजिता नगरकोटी, मधेशी सदस्यमा मनिल महतो र महिला सदस्यमा प्रतीक्षा न्यौपाने
उम्मेदवार छन् ।
यस्तै, गौतम समूहबाट उपाध्यक्षमा ध्रुव अधिकारी, महिला उपाध्यक्षमा सरला अधिकारी, सचिवमा शुभलक्ष्मी विश्वकर्मा, सह–सचिव यमप्रसाद पौडेल (एपी शर्मा) र समावेशीतर्फ मन्दिरा बानियाँ (मानबी) र कोषाध्यक्षमा केशव समर्पण सुबेदी उम्मेदवार छन् ।

६ सदस्य पदका लागि अर्जुन सञ्जेल, जिबराज बख्रेल, दिलबहादुर लामा, प्रदीप अधिकारी, प्रमोद अर्याल, प्रेमकला पौडेल (प्रिया), बलराम पुडासैनी, विजय पौडेल, श्यामलाल (गणेश) दुलाल, सुमन दाहाल, सुशन लामिछाने, श्रृजना नेपालहोमनाथ यादव चौलागाईले उम्मेदवारी दर्ता गराएका छन् ।महिला सदस्यमा रुपा गुरुङ, जनजाति सदस्यमा नवराज वाईबा, मधेसी सदस्यमा आदित्य कर्णको उम्मेदवारी परेको छ ।

प्रदेश परिषद् सदस्य खुल्लामा कौशल पाण्डे, गणेशदर्पण अधिकारी, छबिलाल श्रेष्ठ, विश्वराम अधिकारी ९विवश०, रविन्द्र गौतम, शिव चौलागाई, सुजन ढकाल, सुनिल शिवाकोटी, प्रदेश परिषद् महिलामा अन्जली थापा, आरती ढकाल, भावना रिजाल, आदीबासी जनजातितर्फ अमर लामा, अशोक सुजन श्रेष्ठ, रञ्जिता डंगोल, रोशन श्रेष्ठले उम्मेदवारी परेको छ ।

केन्द्रीय परिषद् सदस्य (खुला) मा भानुभक्त आचार्य, राजन (खुशराज) दाहाल, रामकुमार एलन, रिपेश दाहाल, (महिला)मा नानीमैया विष्ट र सरिता दाहालको उम्मेदवारी परेको छ ।

तीन पदमा निर्विरोध
३४ पदमा भएको निर्वाचनमा केन्द्रीय परिषद् सदस्यमा समावेशीतर्फ सुवर्णलाल श्रेष्ठ प्रदेश परिषद् सदस्यमा दलिततर्फ कृष्णराम परियार तथा दलित महिला सदस्यमा शान्ति सुनार निर्विरोध निर्वाचित हुनु भएको छ ।

केही पदमा थप उम्मेदवार
दुई समूहबाट उम्मेदवारी दिने भनिए पनि सचिवमा नेपाल प्रेस युनियनका नेता इन्द्रबहादुर (रमेश) बन्जाराले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ । खुला सहसचिवमा युनियनकै कपिल खड्काको उम्मेदवारी परेको छ । प्रेस मञ्चका राज सापकोटाले पनि सहसचिवमै उम्मेदवारी दिनु भएको छ ।

१६४ सदस्य, ६४ उम्मेदवार
नेपाल पत्रकार महासंघ मकवानपुरमा १ सय ६४ सदस्य छन् । तीमध्ये यसपटक ६४ उम्मेदवार बनेका छन् ।

दलहरुको चुनावी कसरत
चुनाव नेपाल पत्रकार महासंघको हो । तर पत्रकारको चुनाव भए पनि मकवानपुरका राजनीतिक दलहरु नै यसपटक चुनावी कसरत गरिरहेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा पनि एकता गरेका थिए । तर त्यतिखेर माओवादीका उम्मेदवार हारेका थिए । यसपटक राप्रपा निकट पत्रकारको संस्था पनि यो एलाइन्समा जोडिएको छ ।
यता, नेकपा एमाले निकटको प्रेस चौतारी नेपालमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका पत्रकारहरु एक भएर अघि बढेका छन् । उनीहरुलाई जनता समाजवादी पार्टी निकट प्रेस मञ्च नेपालको पनि साथ रहेको छ । राजनीतिक दलहरुले पत्रकार महासंघलाई आफ्नो पकडमा पार्न कसरत गरेको देखिन्छ ।